नियम ७२
प्रतिवेदन गर्ने र पूर्व निर्देशन प्राप्त गर्ने
: गैरकानूनी जमात, साम्प्रदायिक वा राजनीतिक जुलुशको सामना गर्दा जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखले प्रमुख जिल्ला अधिकारीको पूर्व निर्देशन प्राप्त गर्नु पर्नेछ । शान्ति सुव्यवस्थालाई खलल हुने देखिएमा जिल्ला प्रहरी कार्यालय प्रमुख वा महानगरीय प्रहरी परिसर प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गरी उपयुक्त निर्देशनको निमित्त अनुरोध गर्नुपर्नेछ ।